Kathmandu Press

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।
सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ, भदौ २० : बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ। 

आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।

Hardik ivf

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए। उनले बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए।

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने उनले बताए। 

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, भदौ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्