Kathmandu Press

निजामती सेवा दिवसका अवसरमा सरसफाइ

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बहनगरी काम गर्नुपर्नेमा जोड दिए।
निजामती सेवा दिवसका अवसरमा सरसफाइ

कास्की, भदौ २० : निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ।

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बहनगरी काम गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाइप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलमा सरसफाइ गरिँदै आइएको बताउँदै निजामती सेवा दिवसका अवसरमा सहिद चोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको बताए।

कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिसहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो।

कर्मचारी मिलन केन्द्र कास्कीले निजामती सेवा दिवस २०८१ कै अवसरमा मानवसेवा आश्रम छोरेपाटनमा रहेका आश्रित व्यक्तिहरूलाई भोजनका लागि सहयोग गरेको छ। केन्द्रका तर्फबाट संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रु २६ हजार नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरे।
 

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, भदौ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्