Kathmandu Press

त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो।
त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

काठमाडौं, भदौ २० : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो।

२०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि ९पिएचडी० तह पूरा गर्नेहरूलाई फाराम भर्न भनेको हो। 

आवेदन फाराम आज ९भाद्र २०० गते देखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ। असोज २४ गतेदेखि अनलाइन आवेदन फाराम बन्द हुनेछ।
 
प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, भदौ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्