महिला साफ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल भुटानसँग
प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग अक्टोबर १८ मा खेल्नेछ।काठमाडौं, भदौ १९ : काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ। २०२४ को पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बीमा परेको छ। यो समूहमा भुटान, श्रीलंका र माल्दिभ्स छन्।
यस्तै, समूह एमा भारत, बंगलादेश, पाकिस्तान छन्।
प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग अक्टोबर १८ मा खेल्नेछ। यस्तै, नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्स र तेस्रो खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल अक्टोबर ३० मा हुनेछ।
प्रतियोगिताका सबैखेल त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ।
प्रकाशित मिति: १६:३३ बजे, बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीशका लागि सर्वोच्चका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमाआइतबार, भदौ २३, २०८१
निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छः चेम्बरआइतबार, भदौ २३, २०८१
एन्फा महिला लिग : लगातार तेस्रो जितसँगै काेशी शीर्ष स्थानमाआइतबार, भदौ २३, २०८१
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोडआइतबार, भदौ २३, २०८१