Kathmandu Press

नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी बन्न आवश्यक छ : प्रदेशमन्त्री खड्की

मन्त्री खड्गीले राणा  शासन फाल्न, निरंकुशता फाल्न, प्रजातन्त्र र लोकतन्त्र ल्याउन लडेका नारीहरुले अबको लडाई आर्थिक क्रान्तिका लागि लड्न आवश्यक भएको बताएकी छिन्।
नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी बन्न आवश्यक छ : प्रदेशमन्त्री खड्की

काभ्रे, भदौ १८ : बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी बन्न आवश्यक रहेको बताउनु भएको छ।

बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको तीव विशेष कार्यक्रममा बोल्दै मन्त्री खड्गीले राणा  शासन फाल्न, निरंकुशता फाल्न, प्रजातन्त्र र लोकतन्त्र ल्याउन लडेका नारीहरुले अबको लडाई आर्थिक क्रान्तिका लागि लड्न आवश्यक भएको बताएकी छिन्।

नारीलाई घरकै गृह मन्त्री, घरकी लक्ष्मी भनेर घरभित्रै सिमित गरिएकोमा घर हाँक्ने मात्र नभई देशै हाक्न नारी सक्षम भएको उनले बताइन्। गाउँपालिकालाई महिलाका विभिन्न आयामहरुमा लगानी गर्न उनले आग्रह गरिन्।

Hardik ivf

मन्त्री खड्गीले संविधानमा महिला हक अधिकार सुनिश्चित गर्न लडेको स्मरण गर्दै त्यसैको परिणाम महिलाहरुले मुलुकका विभिन्न तह र तप्कामा कुशलतापूर्वक नेतृत्व गरिरहेको बताइ्न। उनले तीजमा नारीले धारण गरेको रातो पहिरणले नारी शक्ति स्वरुपिणी भएको बताउँदै तीजका साँस्कृति र पौराणिक पक्षलाई निरन्तरता दिन पनि आग्रह गरिन्।

bae8bac8-2670-4329-9bd9-ffed44df4acd-1725362562.jpeg

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् संविधानसभा सदस्य कञ्चनचन्द्र बादेले महिला सशक्तिकरणको पाटोमा जिम्मेवार हुन सके मात्र समुन्नत समाज निर्माण हुने बताए। उनले जुन घरमा नारीको सम्मान हुन्छ उक्त घरमा सुख र शान्ति छाउने हुँदा तीजले सिकाएको नारी शक्तिको सम्मान गर्न आग्रह गरे।

कार्यक्रमको सभापतित्व गरेका गाउँपालिका अध्यक्ष भगवान अधिकारीले नारी शक्तिले नेतृत्व गर्ने समय आएको बताउँदै अबको नेतृत्वका लागि तयार रहन आग्रह गरे। उनले चुल्हो चौकोको परिधि नाघेर सशक्तिकरणको नेतृत्व लिनुपर्ने बताए,

गाउँपालिकाकी उपाध्यक्ष तारा राणाले स्वागत मन्तव्यका क्रममा कुराले मात्र महिला अघि बढ्न नसक्ने भएकोले महिलाका क्षेत्रमा उल्लेख्य लगानी गर्न आवश्यक रहेको बताए। उनले गाउँपालिकाले महिला विकासमा लागि लगानी गरिरहेको पनि जानकारी दिए। 

कार्यक्रममा नवराज ढुंगाना, स्मृति गौतम, वाइपी घिमिरे, गोपाल तिमल्सििना, टंककृष्ण तिमल्सिना, सन्तबहादुर थापा मगर, सोना थापामगरलगायतका कलाकारहरूले मनोरञ्जन प्रदान गरेका थिए। 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्