Kathmandu Press

इजरायलमा आम हडताल, उडान ठप्प

आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको छ। इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
इजरायलमा आम हडताल, उडान ठप्प

जेरुसेलम, भदौ १७ : इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा आम हडतालको आव्हन गरिएको छ। गाजा बन्धकहरूको समर्थनका लागि हडताल आव्हान गरेको हो।

आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको छ। इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

Hardik ivf

हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ। हडतालका क्रममा इजरायलबाट हुने सम्पुर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन्।

हमासको कब्जामा रहेका बन्धकमध्ये एकपछि अर्को गर्दै शव फेला पर्नुमा इजरायल सरकारको लाचारीपन भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ।

ब्यानर र बन्धकहरूको तस्बिर बोकेर नारा लगाउँदै आन्दोलनकारीहरुले पश्चिम जेरुसेलममा इजरायली संसद भवन अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले इजरायली सरकारलाई कारबाही गर्न र हमाससँग सम्झौता गर्न माग गरे। 
 

प्रकाशित मिति: १५:०० बजे, सोमबार, भदौ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्