Kathmandu Press

कर्णाली प्रदेशका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबीका कारण मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडीस्थित एक खेल मैदानमा अवतरण गरिएकाे छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

रुकुम, भदौ १६ : डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवरण गरेको छ। 

डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबीका कारण मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडीस्थित एक खेल मैदानमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्राइले जानकारी दिए। 

Hardik ivf

हेलिकोप्टरमा मुख्यमन्त्रीसहित उनकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित पाँच जना रहेका बताइएको छ।

यहाँ आज बिहानैदेखि वर्षा भइरहेको छ।

प्रकाशित मिति: १९:२६ बजे, आइतबार, भदौ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्