Kathmandu Press

ठूला आयोजनामा विदेशी लगानी भित्र्याउन ‘हेजिङ’ सुविधा

काठमाडौं, फागुन १६ : ठूला आयोजनामा विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । मन्त्रिपरिषदले स्वीकृत गरेको हेजिङसम्बन्धी नियमावलीअनुसार २०० केभ....

ठूला आयोजनामा विदेशी लगानी भित्र्याउन ‘हेजिङ’ सुविधा

काठमाडौं, फागुन १६ : ठूला आयोजनामा विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । मन्त्रिपरिषदले स्वीकृत गरेको हेजिङसम्बन्धी नियमावलीअनुसार २०० केभी क्षमताको ३० किलोमिटरभन्दा लामो विद्युत प्रसारण लाइनमा पनि हेजिङ सुविधा उपलब्ध हुनेछ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नियमावलीअनुसार १० किलोमिटर लामो रेल, मेट्रो रेल तथा मोनो रेल निर्माणमा पनि हेजिङ सुविधा उपलब्ध हुनेछ । ५० किलोमिटरभन्दा लामो द्रुतमार्ग र मन्त्रिपरिषदले तोकेका अन्य परियोजनामा हेजिङ सुविधा उपलब्ध हुनेछ । 

नियमावलीअनुसार दिइएको हेजिङ अवधि आयोजनाको प्रकृतिअनुसार बढिमा १० वर्षसम्मको मात्रै हुने नियमावलीमा उल्लेख गरिएको छ ।

नियमावलीअनुसार स्वीकृत परियोजनाले विदेशी लगानीस्वरुप प्राप्त हुने रकम जम्मा गर्न बैंकमा निवेदन दिनुपर्नेछ । बैंकले निवेदकलाई विदेशी मुद्रा जम्मा गर्न बैंक खाता उपलब्ध गराउनुपर्ने नियमावलीमा उल्लेख छ ।

त्यस्तै, लगानीकर्ताले बैंकले तोकेको अवधिभित्रमा विदेशी मुद्रा जम्मा गर्नुपर्नेछ । विदेशी मुद्रा जम्मा गर्दाको दिन कायम रहेको विनियम दरअनुसार नेपाली मुद्रामा परिवर्तन गरी परियोजनाको नाममा रहेका कुनै वाणिज्य बैंकको खातामा जम्मा गरिने छ ।

नियमावलीअनुसार यसरी जम्मा भएको विदेशी मुद्रालाई बैंकले जुन विनिमय दरमा नेपाली मुद्रामा परिवर्तन गरेको हो त्यही विनिमय दरमा घटबड नहुने गरी स्थिर (लक) गर्नेछ । यसरी लक गरेको विनिमय दरमा सम्झौताअनुसार विदेशी ऋणबापतको रकम फिर्ता भुक्तानी पाउने गरी बैंकले लगानीकर्तालाई हेजिङ सुविधा उपलब्ध गराउने नियमावलीमा उल्लेख छ ।

हेजिङ नियमावलीमा हेजिङ शुल्क तोकिएको छैन।यसैगरी बैंकमा स्थापना हुने हेजिङ कोषमा पनि बैंकले तोकेअनुसार सीमा भित्र मात्रै रकम जम्मा हुनेछ। बैंकले यसरी जम्मा हुने रकमको लगानी तथा आवश्यक व्यवस्थापन गर्ने नियमावलीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, फागुन १६, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्