आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या
शुक्रबार विहान साढे १० बजे कार्यस्थलमै हत्या भएको हो। सिरहा नगरपालिका– ३ मखनाहा घर भएका ४० वर्षीय राकेशकुमार बर्माको हत्या भएको प्रहरीले जनाएको छ।धनुषा, भदौ १४ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ।
शुक्रबार विहान साढे १० बजे कार्यस्थलमै हत्या भएको हो। सिरहा नगरपालिका– ३ मखनाहा घर भएका ४० वर्षीय राकेशकुमार बर्माको हत्या भएको प्रहरीले जनाएको छ।
सेनाको सुरक्षा घेराभित्र रहेको आयल निगमको अपरेसन रुम लेखिएको एउटा कोठामा हत्याको घटना भएको छ।
बर्मालार्ई अनुहार र टाउकोमा प्रहार गरेर हत्या गरेको शव फेला परेको थियो। हत्यामा संलग्न भएको आरोपमा सोही डिपोमा कार्यरत एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा धनुषाकै धनुषाधाम घर भएका ३२ वर्षीय प्रकाश यादव रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हत्या गरिएका राकेश पत्रकार राजेश बर्माका भाई हुन् ।
प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरुआइतबार, भदौ २३, २०८१
गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रहशनिबार, भदौ २२, २०८१
आन्तरिक आय बढाउन बागमती सरकारद्वारा समिति गठनशनिबार, भदौ २२, २०८१
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्यशुक्रबार, भदौ २१, २०८१