Kathmandu Press

बेथानचोकमा घर, भवन अभिलेखीकरण गरिँदै

गाउँपालिकामा जग्गाधनीले स्वीकृति लिई वा नलिई तत्कालिन मापदण्ड अनुसार आफ्नो हकभोगको जग्गा भित्र निर्माण भए गरेका भवनहरुको अभिलेखीकरण गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए।
बेथानचोकमा घर, भवन अभिलेखीकरण गरिँदै

काभ्रे, भदौ १३ : बेथानचोक गाउँपालिकाले घर तथा भवनहरुको अभिलेखिकरण गर्ने भएको छ। 

गाउँपालिकामा जग्गाधनीले स्वीकृति लिई वा नलिई तत्कालिन मापदण्ड अनुसार आफ्नो हकभोगको जग्गा भित्र निर्माण भए गरेका भवनहरुको अभिलेखीकरण गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए।

उनले स्थानीय सरकार संचालन ऐन, २०७४ मा उल्लेख भए बमोजिम बेथानचोक गाउँपालिका क्षेत्र भित्र गाउँपालिका गठन हुनुभन्दा अघि वा गठन भए पश्चात सम्बन्धित जग्गाधनीले स्वीकृति लिई वा नलिई तत्कालिन मापदण्ड अनुसार आफ्नो हकभोगको जग्गाभित्र निर्माण भए गरेका भवनहरुको एक पटकको लागि अभिलेखीकरण गरिने बताए।

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले १५औं गाउँसभाबाट बेथानचोक गाउँपालिकाको घर नक्शा अभिलेखिकरण सम्बन्धी कार्यविधि–२०८१ स्वीकृत भई लागु भए बमोजिम ३५ ९दिनभित्र यस गाउँ कार्यपालिकामा निवेदन दिन सक्नेगरी सो अभिलेखीकरण गर्ने जानकारी दिए।
 
प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्