Kathmandu Press

काभ्रेमा पुजिए १२ हजार कन्या

जिल्लामा नेवार समुदायको बसोवास रहेको श्रीखण्डपुर, दाप्चा, साँगा, जनागाल, बुडोल, २८ किलो, पलाञ्चोक लगायतका स्थानमा कन्या पूजा गरिएको हो।
काभ्रेमा पुजिए १२ हजार कन्या

काभ्रे, जेठ १० : काभ्रेमा १२२ वर्ष पुरानो कन्यापूजा गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार काभ्रेमा जिल्लाभर १२ हजार कन्या पूजिएको हो।

जिल्लामा नेवार समुदायको बसोवास रहेको श्रीखण्डपुर, दाप्चा, साँगा, जनागाल, बुडोल, २८ किलो, पलाञ्चोक लगायतका स्थानमा कन्या पूजा गरिएको हो।

छोरीलाई अझै पनि ‘हेय’को दृष्टिकोणबाट हेर्ने नेपाली समाजलाई उदाहरण स्वरुप काभ्रेका विभिन्न स्थानमा छोरीलाई देवीको रुपमा पुज्ने चलन छ। यसरी पुज्दा जातको पनि कुनै भेदभाव छैन। सबै जात, धर्म र समुदायका अन्दाजी १० हजार कन्या पुजिने गरेका छन् । 

Hardik ivf

रजस्वला नभएका बालिकाहरुलाई कन्याको रुपमा पुज्ने गरिन्छ। यसरी पुजा गर्दा कन्याहरु निरोगी हुने, सुखसम्पत्ति पाई खुशी हुने र कन्याहरुलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुने धार्मिक आस्था रहेको सनातन कन्या पूजा प्रवन्ध समितिका कोषाध्यक्ष दिनेशराज कायस्थले जानकारी दिए।

वि।सं। १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पुजा नेपालकै एक मात्र कन्याहरु पुज्ने पर्व हो। कन्याहरुलाई पूजा गरेमा कन्या पुज्नेहरु तथा पुजिने दुवै निरोगी हुने धार्मिक विश्वास समेत छ। कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या र किचकन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा कर्म सार्थक हुने जनविश्वास छ।

dc4b5623-4893-4941-ae08-a44f32a80653-1724684340.jpeg

भोलाखाँ टोलबाट तिनधारा तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन्। सनातन कन्या पुजा प्रवन्ध समिति तथा व्यक्तिगत गरि देशभरबाट आएका दाताहरुले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दिइने गरिन्छ। 

कन्या पूजाको लागि काभ्रे जिल्लाको अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरा लगायतका विभिन्न जिल्लाबाट हजारौ दर्शनार्थीहरुका साथै पुजिनको लागि कन्याहरु आउने गरेको कायस्थले जानकारी दिए। भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा सुरू हुन्छ ।

सोमबार बनेपामा भएको कन्या पूजामा मिलन चाम्स निर्देशित फिल्म ‘बर एन्ड बधु’का कलाकार नियकाआँचल शर्मा, विजय लामा, बिवेक कर्माचार्य, हरु किरण केसी,रबीन्द्र खड़का, कुसुम शर्मालगायत पनि सहभगाी भए । उनीहरुले कापी, बिस्कुटलगायत सामग्री वितरण गरेका थिए।

कारोना संक्रमणका कारण २०७७ र २०७८ मा रोकिएको कन्यापूजा २०७९ देखि पुन सञ्चालन भएको थियो।

प्रकाशित मिति: २०:४४ बजे, सोमबार, भदौ १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्