Kathmandu Press

हेटौंडाान होटलमा महिलाको शव फेला

स्थानीयवासीले बताए अनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी पाइएको थियो। 
हेटौंडाान होटलमा महिलाको शव फेला

मकवानपुर, भदौ १० : मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित रत्न एण्ड लज होटलमा एक महिलाको शव फेला परेको छ।

मृतक महिलाको उमेर २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।

स्थानीयवासीले बताए अनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी पाइएको थियो। 

आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको थियो। 

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोली घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्