Kathmandu Press

पाकिस्तानमा बन्दुकधारीद्वारा २२ जना यात्रुको हत्या 

बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा उक्त आक्रमण भएको एएफपीले जनाएको छ। 
पाकिस्तानमा बन्दुकधारीद्वारा २२ जना यात्रुको हत्या 

काठमाडौं, भदौ १० : पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तान प्रान्तमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेका छन्। बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा उक्त आक्रमण भएको एएफपीले जनाएको छ। 

पाकिस्तानको पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा झडप भएको थियो। झडपकाक्रममा चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ। 

पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको समाचारमा जनाइएको छ। 

बन्दुकधारीको गोली लागेर १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका हुन्। 

प्रकाशित मिति: १४:३० बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्