Kathmandu Press

इजरायल र हिजबुल्लाहबीच संघर्ष चर्कियो 

लेबननस्थित हिजबुल्लाह समूहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमाथि हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। 
इजरायल र हिजबुल्लाहबीच संघर्ष चर्कियो 

जेरुसेलम, भदौ ९ : आफ्ना सर्वोच्च सैन्य कमान्डरको हत्याको बदलाका लागि हिजबुल्लाहले आइतबार इजरायलमाथि हमला तिब्र पारेको छ। हिजबुल्लाहले हमला तिब्र पारेपछि इजरायलमा ४८ घण्टाका लागि संकटकाल घोषणा गरिएको छ। 

लेबननस्थित हिजबुल्लाह समूहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमाथि हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। 

Hardik ivf

इजरायलले गत जुलाई ३० मा हवाई आक्रमण गरेर हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमान्डर शुक्रको हत्या गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार हिजबुल्लाहले इजरायलका ११ सैन्य इलाकामा प्रहार गरेको जनाइएको छ । हिजबुल्लाहले सयौं रकेट र ड्रोनले इसराइलमाथि आक्रमण गरेको बताएको छ। 

यता, इजरायलले भने हिजबुल्लाहले भन्दा अगावै लेबननमा हमला गरेको दाबी गरेको छ । आफ्ना करिब १०० लडाकू विमानमार्फत लेबननमा रहेका ४० विभिन्न रकेट प्रहार गर्ने स्थलमा हमला गरेको दाबी इजरायलको छ। 

इजरायलले गरेको हमला र त्यसलगत्तै हिजबुल्लाहले गरेको हमला केही वर्ष यता गरेको सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ। 

यसैबीच इजरायलले ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ।  इरान र हिजबुल्लाहले एकै पटक इजरायलमाथि आक्रमण गरे इरान र इसराइलको युद्ध हुन सक्ने खतरा समेत देखिएको छ। 

प्रकाशित मिति: १५:१९ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्