Kathmandu Press

मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यक : प्रदेश प्रमुख भट्ट

‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिङ्गो राष्ट्रको विकास हुनेछ। असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिनसक्छ,’ उनले भने, ‘यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ।’ 
मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यक : प्रदेश प्रमुख भट्ट

कास्की, भदौ ७ : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको समृद्धिका लागि सक्षम युुवा नेतृत्व आवश्यक हुुनेमा जोड दिए। 

पोखरा जेसीजद्वारा आज पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को उद्घाटन गर्दै उनले सक्षम युवा नेतृत्वले राष्ट्रको समग्र विकासमा योगदान गर्न सक्ने बताए।

Hardik ivf

‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिङ्गो राष्ट्रको विकास हुनेछ। असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिनसक्छ,’ उनले भने, ‘यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ।’ 

कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा उनले प्रशंसा गरे।

‘जेसीआई नेपाल बिजनेश एकेडेमी’मा हुुने प्रशिक्षणले युवाहरूलाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपहरुको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ। 

प्रकाशित मिति: २१:१० बजे, शुक्रबार, भदौ ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्