Kathmandu Press

सूर्यविनायकको परेली आयुर्बेद हाउसमा शिलबन्दी

भक्तपुर, चैत २८ : सूर्यविनायक नगरपालिका–३ बालकोटमा सञ्चालित ‘परेली आयुर्बेद हाउस’ मा शिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग बिजुलीबज....

सूर्यविनायकको परेली आयुर्बेद हाउसमा शिलबन्दी

भक्तपुर, चैत २८ : सूर्यविनायक नगरपालिका–३ बालकोटमा सञ्चालित ‘परेली आयुर्बेद हाउस’ मा शिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँबाट खटिएको फार्मेसी अधिकृत धनबहादुर बोहोरा, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको टोलीले हाउसमा शिलबन्दी गरेको महानरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा उद्योग दर्ता गर्दा हर्बलजन्य वस्तु उत्पादन गर्ने उद्देश्यका साथ उद्योग सञ्चालन गरेपनि उक्त उद्योगकी सञ्चालिका काभ्रेपलाञ्चोक साबिक बाङथली–९ स्थायी घर भएकी ३६ वर्षीया कमला उप्रेती (अर्याल) ले अनाधिकृतरुपमा अन्य सामानहरु उत्पादन गरेको पाइएको थियो।

हाउसमा अवैध रुपमा साबुन, विभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसनलगायत कस्मेटिक सामानको उत्पादन, प्याकिङ तथा लेवलिङलगायत कार्य गरेको पाइएपछि शिलबन्दी गरी थप अनुसन्धान भइरहेको उनले बताए।
 

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, चैत २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्