Kathmandu Press

बैतडीमा चार सय २५ जनाको थ्रोट स्वाब संकलन 

बैतडी, चैत २८ : क्वारेन्टाइनमा बसेका बैतडीका चार सय २५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ ....

बैतडीमा चार सय २५ जनाको थ्रोट स्वाब संकलन 

बैतडी, चैत २८ : क्वारेन्टाइनमा बसेका बैतडीका चार सय २५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब संकलन गरेको हो। 

स्वाब सङ्कलन गरिएका नागरिकको स्वाबको काठमाडौँमा परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। पुर्चौंडी नगरपालिकाको हाटमा १५९, नकालीमा ७१ र गहताडमा ११३ जनाको थ्रोट स्वाब संकलन गरिएको हो। 

Hardik ivf

यस्तै पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। उनकाअनुसार पञ्चेश्वरमा मेलौली नगरपालिकाको क्वारेन्टाइनमा बसेका चार र शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १२ गरी ८२ जनाको पञ्चेश्वरमा स्वाब संकलन गरिएको हो।

कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बैतडी आइपुगेको हो। स्वाब संकलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो।
 
जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकको पनि थ्रोट स्वाब दोस्रो चरणमा संकलन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए। उनीहरुको स्वाब कहिले संकलन गर्ने भन्ने विषयमा टुङ्गो नलागेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। अहिले क्वारेन्टाइनमा बसेका चार स्थानीय तहका नागरिकको थ्रोट स्वाब संकलन गरिएको छ। 

उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर गरिने र नेगेटिभ आएपछि २१ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने प्रमुख भट्टले बताए। बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा बसिरहेका छन्।

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, चैत २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्