Kathmandu Press

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले मंगलबार विश्वासको मत लिन लागेका हुन।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

दाङ, भदौ ४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन्। 

गत साउन ७ गते नेपाली कांग्रसकाे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले ३० दिनभित्र अनिवार्य विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासकाे मत लिन लागेका हुन्। त्यसका लागि दिउँसाे १ बजेका प्रदेशसभा बैठक बाेलाइएकाे छ।

Hardik ivf

८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा बहुमतको लागि ४४ सांसद संख्या आवश्यक हुन्छ। सत्तारुढ दुई दलकै स्पष्ट वहुमत रहेको र साना दल समेत सत्ता पक्षमा रहेकाले आर्चायले विश्वासको मत पाउने निश्चित भएको छ।

प्नदेशसभामा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी सत्तापक्षसँग ५६ सदस्य छन्। 

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमाले सहित साना दलले ह्वीप समेत जारी गरेका छन्। 

मुख्यमन्त्री आचार्यलाई जसपाका २,  जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको समर्थन रहेको छ।

लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उकरएक जना गरी १७ सांसद प्रतिपक्षमा रहेका छन्।

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, भदौ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्