लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस–एमालेको ह्वीप
मुख्यमन्त्री आचार्यले मंलबार दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिँदै छन्।
काठमाडौं, भदौ ३ : लुम्बिनी प्रदेशमा सत्तारुढ नेपाली काँग्रेस, एमालेलगयत सत्ता साझेदार दलहरूले मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्।
मुख्यमन्त्री आचार्यले मंलबार दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिँदै छन्।
आचार्य गत साउन ७ गते कांग्रेस र एमालेसहितका ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ८७ सांसद रहेको लुम्बिनीमा बहुमतको लागि ४४ सांसद संख्या आवश्यक पर्दछ।
विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीमा आचार्य छन्।
प्रकाशित मिति: १६:०६ बजे, सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार