Kathmandu Press

शेख हसिनाविरूद्ध १६ वटा मुद्धा दायर

हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेता कार्यकर्ता विरूद्ध हत्याका १३ वटा, अपहरणको एउटा र मानवता विरूद्धको अपराध र नरसंहारसँग सम्बन्धित कसुरमा मुद्दा दर्ता भएको छ।
शेख हसिनाविरूद्ध १६ वटा मुद्धा दायर

काठमाडौं, भदौ ३ : बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाविरूद्ध १६ वटा मुद्दा दायर भएको छ। 

हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेता कार्यकर्ता विरूद्ध विभिन्न कसुरमा मुद्दा दर्ता भएको हो।

Hardik ivf

केही मुद्धा अनुसन्धान गर्न बाकी रहेपनी उनीविरुद्ध हत्याका १३ वटा, अपहरणको एउटा र मानवताविरूद्धको अपराध र नरसंहारसँग सम्बन्धित दुईवटा मुद्धा दर्ता भएको हो। 

आरक्षण सुधारको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनमा सयौंको हत्यासँगै स्थिति नियन्त्रण बाहिर पुगेपछि हसिना अगस्ट ५ मा प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी थिइन्। 

आन्दोनकै बीच जुलाई २१ मा प्रदर्शनरत विद्यार्थी र अवामी लिग पार्टीका कार्यकर्ताबीच झडप हुँदा मोहम्मद मिलनको गोली प्रहारबाट मृत्यु भएको थियो।

विद्यार्थी आन्दोलनमा सहभागी नभएका मिलन त्यस दिन माछा फार्मबाट फर्कदै गर्दा सुरक्षाकर्मीको गोली लागेर उनको मृत्यु भएको थियो ।

मिलोनकी श्रीमती र उनका परिवारले सोमबार हसिना सहित ६१ जनालाई विरुद्ध मुद्धा दायर गरिएको द डेली स्टारले जनाएको छ।

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्