Kathmandu Press

सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

काठमाडौं, चैत्र २८ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सु....

सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण
Hardik ivf

काठमाडौं, चैत्र २८ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गरेका छन् ।

नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको जिम्मेवारी पाएकी खानेपानीमन्त्री बिना मगरलाई बिहीबार राज्यमन्त्री मानन्धरले २०० थान पिपीइ सेट हस्तान्तरण गरेकी हुन् । नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घको सहयोगमा उक्त पिपीइ सेट हस्तान्तरण गरिएको हो ।

खानेपानीमन्त्री मगरले उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताईन्। मन्त्री मगरले सुदूरपश्चिम कोरोना सङ्कटको इपिसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको जानकारी दिइन । 

प्रकाशित मिति: ०८:५० बजे, शुक्रबार, चैत २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्