Kathmandu Press

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्। 
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले

मकवानपुर, भदौ २ : बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्। 

बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गरेका हुन्।

Hardik ivf

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नवनियुक्त मुख्य न्यायाधिवक्ता काफ्लेको भदौ ५ गते शपथ ग्रहण हुने जनाएको छ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता काफ्ले दोलखा तामाकोशी गाउँपालिका–३ निवासी हुन।
 

प्रकाशित मिति: १३:२३ बजे, आइतबार, भदौ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्