Kathmandu Press

तालढुङ्गा खानेपानी आयोजनाको उद्घाटन

तालढुङ्गा खानेपानी आयोजनाको उद्घाटन

काभ्रे, भदौ २ : जिल्लाको खानिखोला गाउँपालिका वडा नं. ५ गैरिखोलामा निर्माण भएको तालढुङ्गा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ। 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली तथा खानिखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानमा निर्माण गरिएको खानेपानी आयोजनाको खानीखोला गाउँपालिका प्रमुख इन्द्रबहादुर थिङ (छिन्ताङ)ले उद्घाटन गरे।

Hardik ivf

उद्घाटन कार्यक्रमका अवसरमा खानिखोला गाउँपालिका प्रमुख थिङ्ले पानी भनेको जीवनमा अति आवश्यक मानिसको जीवनमा स्वच्छ खानेपानीको धेरै महत्व रहेको बताए। उनले काभ्रेको विकट मानिने खानिखोलामा आफू निर्वाचित भए पछि सातै वडामा एक घर एक धारा बनाइने लक्ष्य रहेको आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।  

यस ठाउँका अन्य आवश्यकिय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत नागरिकको आयआर्जनमा जोड्दै कृषिको क्षेत्रमा समेत बिभिन्न योजनाहरु ल्याउने बताउनु भएको छ । निर्माण भएको खानेपानीको संरचनाको संरक्षण गर्दै प्रयोग गर्न उनले आग्रह गरे।

पालिका सरकार २५ लाख र नेवा बागमती प्रदेश कार्यलय सिन्धुलीको साझेदारीमा श्रमदान गरी १ करोड ६ लाख लागतमा एक मुहान, पानी जम्मा गरेर वितरण गर्ने ट्यांकी, धारा, पाइप, लगायतका संरचना निर्माण गरिएको छ। निर्माण सम्पन्न खानेपानी आयोजनाबाट १४५ घर धुरीमा  १४१ वटा धारा निर्माण गरि वितरण भएको छ। 

2e41f5f1-cef8-487e-92dd-4b18146e2dbf-1723911150.jpeg

एक पर्षको समय अवधी रहेको खानेपानी आयोजना २०८० साल साउन १ गते सम्झौता भएको उक्त खानेपानी आयोजनाको समयमानै निर्माण सम्पन्न गरेकोमा स्थानीय नागरिक हर्षित भएका छन्। खानेपानी घर घरमा पुगेपछि वर्षौं देखिको खानेपानीको समस्या समाधान भएको स्थानीयले बताएका छन्।

कार्यक्रममा ५ नम्बरका वडाध्यक्ष  बुद्धिबहादुर स्याङ्तान, ४ नम्बरका वडाध्यक्ष निशान मोक्तान, १ नम्बरका वडाध्यक्ष सन्चमान थिङलगायत युवा नेता स्थानीयहरु  जीवन घिसिङ, केशव आचार्य, खडक बिक, टीका थिङ, केशव बन्जरा, नेवा प्रतिनिधि रमेश पन्त, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर थोकरलगायतको उपस्थिति थियो। 

प्रकाशित मिति: २१:५७ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्