Kathmandu Press

थाइल्यान्डमा ३७ वर्षीया पेतोङत्रान बनिन् प्रधानमन्त्री

पेतोङत्रान थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन्।
थाइल्यान्डमा ३७ वर्षीया पेतोङत्रान बनिन् प्रधानमन्त्री

काठमाडौं, साउन ३२ : थाइल्यान्डमा ३७ वर्षीया पेतोङत्रान सिनावात्रा प्रधानमन्त्री बनेकी छन्।

पेतोङत्रानलाई थाइल्यान्डको संसद्ले प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो। उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्। 

पेतोङत्रान थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन्। संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको थियो। 

उनी बर्खास्त भएको दुई दिनपछि पेतोङत्रान फेउ थाई पार्टीबाट प्रधानमन्त्री बनेकी हुन्। 
 

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्