Kathmandu Press

पाँचखालका सुभाष अस्ट्रेलियामा वेपत्ता, खोजीमा सहयोग गरिदिन राजदूतलाई मेयर खरेलको आग्रह

मेयर खरेलले मंगलबार नेपालस्थित अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँग भेट गरेर खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन्। 
पाँचखालका सुभाष अस्ट्रेलियामा वेपत्ता, खोजीमा सहयोग गरिदिन राजदूतलाई मेयर खरेलको आग्रह

काभ्रे, साउन ३० : आस्ट्रेलियामा रहेका पाँचखाल ७ निवासी सुभाष बोलखे १७ दिनदेखि बेपत्ता भएका छन्। गत जुलाई २८ देखि सुभाष परिवारको सम्पर्कमा नरहेको परिवारले जनाएको छ। 

मोबाइल कोठामै छाडेर दुई वटा ज्याकेट साथमा लिएर हिँडेका सुभाष अहिले सम्पर्कमा नरहेको उनका दाजु सुरेन्द्रले जानकारी दिए। सुभाषका बारेमा त्यहाँको पुलिसलाई जानकारी गराइसकिएको र अस्ट्रेलियामा रहेका साथीहरू खाेजी गरिरहेको उनले बताए।

यसैबीच सुभाषको खोजतलासमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पनि पहल थालेका छन्। उनले मंगलबार नेपालस्थित अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँग भेट गरेर खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन्। 

राजदूतलाई भोल्कलाई भेट्न मेयर खरेलसँगै सुभाषका बुबा सुदर्शन पनि गएका थिए। 

भेटमा राजदूत भोल्कले जनशक्ति परिचालन गरेर सुभाषको खोजीमा सहयोग गर्ने बाचा गरेको मेयर खरेलले जानकारी दिए। राजदूतसँगको भेटपछि सुभाष भेटिने आशा पलाएको जनाउँदै खरेलले उनको खोजीका लागि सहयोग लागि सम्बन्धित निकायको ध्याकर्षण गराएका छन्। 

प्रकाशित मिति: २१:४६ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्