Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

प्रदेश सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको बताउँदै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

कैलाली, साउन ३० : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले बुधबारको विश्वासको मत पाएका हुन्। 

प्रदेश सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको बताउँदै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन्।

Hardik ivf

मुख्यमन्त्री शाहलाई ५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ सहित ३६ मत परेको छ। 

माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ सहित ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका छन् । प्रदेश सभामा स्वतन्त्र सदस्य डा.ताराप्रसाद जोशी भने तटस्थ बसेका छन्। 
 

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, साउन ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्