Kathmandu Press

संवैधानिक अदालतद्वारा थाइल्याण्डका प्रधानमन्त्री बर्खास्त 

जेल बसेको एकजना कानुनव्यवसायीलाई मन्त्रिपरिषदमा सामेल गरेको आरोपमा ६७ वर्षीय प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गर्ने फैसला सुनाएको हो। थबिसिनविरुद्ध  नैकितकताका नियम उल्लंघन र अवज्ञापूर्ण व्यवहारको आरोप छ। 
संवैधानिक अदालतद्वारा थाइल्याण्डका प्रधानमन्त्री बर्खास्त 

काठमाडौं, साउन ३० : थाइल्याण्डको संवैधानिक अदालतलले प्रधानमन्त्री स्रेथा थबिसिनलाई पदबाट बर्खास्त गर्ने फैसला सुनाएको छ। 

जेल बसेको एकजना कानुनव्यवसायीलाई मन्त्रिपरिषदमा सामेल गरेको आरोपमा ६७ वर्षीय प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गर्ने फैसला सुनाएको हो। थबिसिनविरुद्ध  नैकितकताका नियम उल्लंघन र अवज्ञापूर्ण व्यवहारको आरोप छ। 

अदालतका नौजना  न्यायाधीशमध्ये ५ जनाले चुएनबनलाई मन्त्री नियुक्त गरेर नैतिकताको उल्लंघन गरेको अभियोगमा प्रधानमन्त्रीलाई नै बर्खास्त गर्ने निर्णय दिएका थिए। 

थविसिनले गत २७ अप्रिलमा कानुनव्यवसायी समेत रहेका सिनेटर पिचित चुएनबनलाई मन्त्री नियुक्त गरेका थिए। मन्त्री बनेका चुयनबनले घुस लिने प्रयास गरेको आरोपमा ६ महिनाको सजाय सुनाइएको जनाइएको छ। 

यस्काविरुद्ध करिब ४० सिनेटरले प्रधानमन्त्री थविसिनलाई पदमुक्त गर्न माग गर्दै अदालत गएका थिए । अदालतको फैसलापछि पत्रकार सम्मेलन गर्दै थविसिनले भने, ‘मलाई खेद छ, तर यो भनिरहेको छैन कि अदालतको फैसलासँग असहमत छु।’ 

थाइल्याण्डमा ९ वर्षदेखि चलिरहेको सैन्य प्रभुत्व अन्त्य गर्दै थविसिन अगष्ट २०२३ मा मात्र प्रधानमन्त्री बनेका थिए। 

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्