सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन कांग्रेस र एमालेको ह्विप
नेपाली कांग्रेस सुदूरपश्चिम प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
कैलाली, साउन ३० : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेपाली कांग्रेस र एमालेले ह्विप जारी गरेका छन्।
एकीकृत समाजवादीले भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
मुख्यमन्त्रीमा नियुक्त शाहलाई कांग्रेसका १८ र एमालेका ७ जना प्रदेशसभा सदस्यसँगै नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएका छन्। माओवादी केन्द्रले पनि विपक्षमा मतदान गर्ने भएको छ।
प्रकाशित मिति: १५:२४ बजे, बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार