सानोभर्याङ काष्ठ उद्योगमा आगलागी, २० लाख बढीको क्षति
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एक घण्टासम्म लागेको आगलागी तीन दमकलको सहायतामा नियन्त्रणमा लिइएको जानकारी दिए।काठमाडौं, साउन ३० : काठमाडौं महानगरपालिका–१५ सानोभर्याङस्थित काष्ठ उद्योगमा मंगलबार राति आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ।
राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एक घण्टासम्म लागेको आगलागी तीन दमकलको सहायतामा नियन्त्रणमा लिइएको जानकारी दिए।
आगलागी भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा ल्याएको थियो। विद्युत् ‘सर्ट’बाट आगलागी भएको थियो।
प्रकाशित मिति: १५:१० बजे, बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरबारको बैठकमा प्रधानमन्त्री ओलीले भने- चीन भ्रमणमा ऋणसम्बन्धी कुनैपनि सम्झौता हुँदैनसोमबार, मंसिर १०, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापनासोमबार, मंसिर १०, २०८१
‘मायावी’ शिवरात्रीमा आउनेसोमबार, मंसिर १०, २०८१