Kathmandu Press

स्वतन्त्रताका लागि लड्ने आफ्ना पिताको अपमान भएको हसिनाको भनाई 

हसिनाको उक्त भनाई उनका छोरा सजीव वाजिद जोयले सामाजिक सञ्जालमा राखेका छन्। ‘उनीहरू (प्रदर्शनकारी)ले मेरो बुवाको अपमान गरेका छन्, म देशवासीसँग न्यायका लागि अपील गर्छु,’ हसिनाले भनेकी छन्।  
स्वतन्त्रताका लागि लड्ने आफ्ना पिताको अपमान भएको हसिनाको भनाई 

नयाँदिल्ली, साउन ३० : भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वतन्त्रताका लागि लडेका आफ्ना बुवाको अपमान गरिएको भनाई राखेकी छन्। 

हसिना बंगलादेश छोडेर गत अगस्ट ५ मा भारत पुगेकी थिइन । उनले बंगबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको स्मरण गर्दै तर अहिले अपमान गरिएको बताएकी छन्। 

Hardik ivf

हसिनाको उक्त भनाई उनका छोरा सजीव वाजिद जोयले सामाजिक सञ्जालमा राखेका छन्। ‘उनीहरू (प्रदर्शनकारी)ले मेरो बुवाको अपमान गरेका छन्, म देशवासीसँग न्यायका लागि अपील गर्छु,’ हसिनाले भनेकी छन्।  

उनले आगामी अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन समेत बङ्गलादेशी नागरिकहरूलाई आग्रह गरेकी छन् । हसिनाका पिता रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो। 

यता, बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा समेत रद्द गरिदिएको छ। हसिनाले विद्यार्थी आन्दोलनका क्रममा मारिएकाप्रति श्रद्धाञ्जली समेत दिएकी छन्। ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु,’ हसिनाले भनेकी छन्। 


 

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्