Kathmandu Press

हत्या अभियोगमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा

कोटा खारेजीको माग गर्दै भएको विरोधकाक्रममा राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसल चलाइरहेका अबु सईदको हत्या भएको दाबीसहित हसिनामाथि मुद्दा दर्ता गरिएको हो। 
हत्या अभियोगमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा

ढाका, साउन २९ : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र उनीनिकट ६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

कोटा खारेजीको माग गर्दै भएको विरोधकाक्रममा राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसल चलाइरहेका अबु सईदको हत्या भएको दाबीसहित हसिनामाथि मुद्दा दर्ता गरिएको हो। 

Hardik ivf

मुद्दा दर्ता लगत्तै अदालतले पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ। दण्डसंहिताको धारा ३०२ बमोजिम मुद्दा दर्ता भएको जनाइएको छ। अदालत समक्ष अभियुक्तहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गरिएको छ। 

मुद्दामा हसिनासहित अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुन, पूर्व डीबी प्रमुख हरुनोर रशीद, पूर्वडीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी संयुक्त आयुक्त विप्लव कुमार सरकारमाथि पनि सजायको माग छ। 

अन्य उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीलाई पनि मुद्दामा विपक्षी बनाइएको छ। पूर्व प्रधानमन्त्री हसिना देश छोडेर हाल भारतमा शरण लिइरहेकी छन्। 

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्