Kathmandu Press

सुदूरपश्चिम मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गर्दै प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन्। बैठकको समय भने तय भइसकेको छैन।
सुदूरपश्चिम मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

कैलाली, साउन २८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गर्दै प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन्। बैठकको समय भने तय भइसकेको छैन।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि शाह एमाले र नागरिक उन्मुक्ति पार्टीको सर्थनमा साउन २० गते मुख्यमन्त्री बनेका थिए। मुख्मन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले बुधबार विश्वासको मत लिन लागेका हुन्।
 
प्रकाशित मिति: १३:१८ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्