सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम प्रदेश प्रमुखले पाँचौ अधिवेशन आह्वान गरेका हुन्।कैलाली, साउन २५ : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले साउन २७ गते अपरान्ह २ बजेका लागि प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम प्रदेश प्रमुखले पाँचौ अधिवेशन आह्वान गरेका हुन्।
सरकारले दुई दिनअघि मात्रै प्रदेश सभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीबार नै प्रमाणीकरण भइसकेको छ
अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर संकलन सम्बन्धी काम अगाडि बढेको छ। बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर संलन लगाएतको काम ठप्प भएको थियो।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो।
सरकारले अध्यादेश जारीगरी कर संकलनको वातावारण बनाएपनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन। मुख्यमन्त्रीले कमलबहादृुर शाहले विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारवाही अघि बढाउने तयारी गरेका छन्।