Kathmandu Press

बंगलदेशमा सरकारको नेतृत्व समालेलगत्तै युनुसले गरे मन्त्रिपरिषद गठन

यस्तै, पूर्व विदेशसचिव तौहिद हुसेन, पूर्वमहान्यायाधिवक्ता हसन आरिफ, कानुननविद् सैयदा रिजवाना हसन, प्राध्यापक तथा लेखक आसिफ नजरुल र मानवाधिकारवादी आदिलुर रहमान खानले पनि सल्लाहकारका सदस्यका रूपमा शपथ लिएका छन्।
बंगलदेशमा सरकारको नेतृत्व समालेलगत्तै युनुसले गरे मन्त्रिपरिषद गठन

ढाका, साउन २४ : नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिँदै नेतृत्व समालेलगत्तै १६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।

राष्ट्रपति मोहम्मद शाहबुद्दिनले बिहीबार राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा शपथ गराएका थिए।

Hardik ivf

अन्तरिम मन्त्रिपरिषदमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेता समेत समेटिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन्।

सरकारी सेवामा कोटा प्रणालीको विरोधमा भएको आन्दोलन र विरोधका कारणगत सोमबार शेख हसिनाले प्रधानमन्त्री पद त्याग्दै देश छाडेकी थिइन्।

बंगलदेशमा आन्दोलनका क्रममा विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएको थियो। सल्लाहकार सदस्यहरूमा स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका नेताहरू नाहिद इस्लाम र आसिफ महमुदसमेत रहेको जनाइएको छ।

यस्तै, पूर्व विदेशसचिव तौहिद हुसेन, पूर्वमहान्यायाधिवक्ता हसन आरिफ, कानुननविद् सैयदा रिजवाना हसन, प्राध्यापक तथा लेखक आसिफ नजरुल र मानवाधिकारवादी आदिलुर रहमान खानले पनि सल्लाहकारका सदस्यका रूपमा शपथ लिएका छन्।

प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, साउन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्