भारत छिर्न लागेका एक हजार बंगलादेशीलाई सुरक्षा बलले सीमामा रोक्यो
बंगलादेशी नागरिकको प्रभाव बढ्न थालेपछि अहिले भारतको सीमाक्षेत्रमा सीमा सुरक्षा बलले गस्ती तीव्र पारिएको जनाइएको छ।नयाँ दिल्ली, साउन २४ : हिंसा बढ्दै गएपछि सुरक्षाका लागि बंगलादेशी नागरिक देश छाडेर भारत प्रवेश गर्न थालेका छन्। बंगलादेशी नागरिकको प्रभाव बढ्न थालेपछि अहिले भारतको सीमाक्षेत्रमा सीमा सुरक्षा बलले गस्ती तीव्र पारिएको जनाइएको छ।
बुधबार मात्र भारत छिर्न लागेका एक हजार जना बंगलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले रोकेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई जलपाईगुडीनजिकै रोकिदिएको जनाइएको छ।
सरकार प्रमुख रहेकी शेख हसिनाले देश छाडेपछि हिन्दू बंगलादेशीमाथि अत्याचारको आरोप समेत लागिरहेको छ। बंगलादेशसँग जोडिएको अन्तर्राष्ट्रिय सीमामा यतिबेला भारतीय सीमा सुरक्षा बल (बीएसएफ) उच्च सतर्कता साथ गस्ती तीव्र बनाइएको छ।
बंगलादेशमा विहीबारै अन्तरिम सरकार गठनको तयारी छ। सरकारको नेतृत्व नोबेल शान्ति पुरस्रका विजेता मोहम्मद युनुसले गर्ने जनाइएको छ।