Kathmandu Press

डेंगु संक्रमणबाट विद्यार्थी बिरामी परेपछि तनहुँका दुई विद्यालय बन्द

आँबुखैरेनी गाउँपालिका–३ स्थित मर्स्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेंगु संक्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो।
डेंगु संक्रमणबाट विद्यार्थी बिरामी परेपछि तनहुँका दुई विद्यालय बन्द

तनहुँ, साउन २३ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगु संक्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित मर्स्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेंगु संक्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो।

विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन संक्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए।

‘अन्य विद्यालयलालाई पनि विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी संख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ। डेङ्गु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ,’ उनले भने।

कुँवरले डेंगु संक्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गरे।

आँबुखैरेनीमा हालसम्म ३५० भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति: २०:१६ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्