पूर्वप्रधामन्त्री खालेदा जिया जेलमुक्त
राष्ट्रपति मोहम्मद शहाबुद्दिनको आदेश अनुसार खालेदा जियालाई रिहा भएकी हुन्। उनी मङ्गलवार अपरान्ह जेलमुक्त भइन्।
ढाका, साउन २२ : जेलमा रहेकी बंगलादेशकी पूर्वप्रधामन्त्री बेगम खालेदा जिया मुक्त भएकी छन्।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनको आदेश अनुसार खालेदा जियालाई रिहा भएकी हुन्। उनी मङ्गलवार अपरान्ह जेलमुक्त भइन्।
जिया भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय काटिरहेकी थिइन्।
राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।
आन्दोलनरत विद्यार्थी नेताहरूको अल्टिमेटम बमोजिम राष्ट्रपति शहाबुद्दिनले संसद पनि भंग गरेका छन्।
विद्यार्थी नेताहरूले सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै नोबल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्। युनुसले विद्यार्थीहरुको प्रस्ताव स्वीकार पनि गरेका छन्।
प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)