Kathmandu Press

बंगलादेशमा संसद् विघटन

राष्ट्रपति शाहबुद्दिनले बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा संसद् विघटन गरिएको बताएका छन्।
बंगलादेशमा संसद् विघटन

ढाका, साउन २२ : बंगलादेशका राष्ट्रपति मोहम्द शाहबुद्दिनले मंगलबार संसद् विघटन गरेका छन्।

राष्ट्रपति शाहबुद्दिनले बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा संसद् विघटन गरिएको बताएका छन्।

Hardik ivf

मंगलबार नै विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको समेत जनाइएको छ। सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा शुरु भएको विद्यार्थी आन्दोलनका क्रममा करिव तीन सय जनाको ज्यान गएको थियो।

सरकारको नेतृत्व गरेकी शेख हसिनाले सोमबार देश छाडेकी थिइन्। संसद विघटनपछि अन्तरिम सरकार गठन गरी नयाँ निर्बाचन घोषणा गरिने आँकलन गरिएको छ।

 

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्