Kathmandu Press

पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको आदेश

राजीनामा दिएर मुलुक छाडेपछि राष्ट्रपति शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका हुन्। प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएर देश छाडेपछि राष्ट्रपति शाहबुद्दीनले उक्त आदेश जारी गरेका हुन्।
पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको आदेश

ढाका, साउन २२ : बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले विपक्षी दलका नेता खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्।

राजीनामा दिएर मुलुक छाडेपछि राष्ट्रपति शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका हुन्। प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएर देश छाडेपछि राष्ट्रपति शाहबुद्दीनले उक्त आदेश जारी गरेका हुन्।

राष्ट्रपति शाहबुद्दीनले सरोकारवा सबैलाई समेटेर अन्तरिम सरकार गठन गर्न समेत निर्देशन दिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रिहाई गर्न आदेश दिएकी पूर्व प्रधानमन्त्री जिया बंगलादेश जातीयतावादी दल (बीएनपी) की अध्यक्षसमेत हुन्।

जिया स्वास्थ्यका अवस्थाका कारण हाल अस्पतालमा उपचाररत छिन्। जियालाई भ्रष्टाचार आरोपमा हसिना नेतृत्वको सरकारले १७ वर्ष जेल सजाय सुनाएको थियो।

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्