Kathmandu Press

सुनको मूल्य तोलामा २३ सय घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँ निर्धारण भएको छ।
सुनको मूल्य तोलामा २३ सय घट्यो

काठमाडौं, साउन २२ : सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार तोलामा २३ सय रूपैयाँ घटेको छ।

सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँ निर्धारण भएको छ।

तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार रूपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ६० ले घटेको छ। सोमबार चाँदी प्रतितोला एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु एक हजार सात सय २५ रूपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्