सेनाले ६ घण्टाका लागि बन्द गर्यो ढाकाको अन्तर्राष्ट्रिय विमानस्थल
सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला स्थानीय समयअनुसार साँझ ६ बजेदेखि ६ घण्टाका लागि बन्द गरिएकाे जनाएको छ।
ढाका, साउन २१ : बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द गरिएको छ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सत्ता हातमा लिएको सेनाले बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द गरेको हो।
सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला स्थानीय समयअनुसार साँझ ६ बजेदेखि ६ घण्टाका लागि बन्द गरिएकाे जनाएको छ।
सेनाले विमानस्थलका सबै कामकारबाही पनि बन्द जनाएको छ। प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गरेको हो।
आइतबारबाट विद्यार्थीहरुले पुनः सुरु गरेको आन्दोलन हिंस्रक बनेपछि प्रधानमन्त्री हसिनाले सोमबार दिउँसो राजीनामा दिँदै देश छाडेकी थिइन्। आन्दोलन हिंस्रक बनेपछि २ दिनमा बंगलादेशमा करिब एक सय जनाको मृत्यु भएको छ।
सत्ता हातमा लिएको सेनाले अन्तरिम सरकार गठनको तयारी गरिरहेको छ। सरकार गठनका लागि सेनाले दलहरुलाई छलफलमा बोलाएको छ।












-1763799581.jpg)