Kathmandu Press

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

शाह कांग्रेस र एमालेको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

कैलाली, साउन २१ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह र नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

शाह कांग्रेस र एमालेको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। सपथ ग्रहणपछि मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् पनि विस्तार गरेका छन्।

Hardik ivf

सरकारमा कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी समालेका छन्।

कांग्रेसबाट सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएकी छन्। मन्त्री र राज्यमन्त्रीहरुको पनि आजै सपथ भएको छ।

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, साउन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्