Kathmandu Press

आन्दोलनकारीद्वारा बंगलादेशको प्रधानमन्त्री निवासमा लुटपाट

प्रधानमन्त्री हसिनाको सरकारी निवासबाट केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको देखिन्छ। आन्दोलनकारीहरूले नाराबाजी गरिरहेका छन्।
आन्दोलनकारीद्वारा बंगलादेशको प्रधानमन्त्री निवासमा लुटपाट

ढाका, साउन २१ : सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन्। प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज देखिएका छन्।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै निवास छाडेलगत्तै आन्दोलनकारीहरु प्रधानमन्त्रीको सरकारी निवास प्रवेश गरेका थिए।

Hardik ivf

प्रधानमन्त्री हसिनाको सरकारी निवासबाट केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको देखिन्छ। आन्दोलनकारीहरूले नाराबाजी गरिरहेका छन्।

सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो।

केही दिन आन्दोलन शान्त भएपछि आइतनबारबाट पुनः आन्दोलन सुरु भएको थियो। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै पुनः सुरु गरिएको आन्दोलन हिंस्रक भएको थियो। आन्दोलनबाट २ दिनमा ९६ जनाको मृत्यु भएको बताइएको छ।

प्रकाशित मिति: १६:१० बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्