Kathmandu Press

बंगलादेशमा अन्तरिम सरकार बनाइने

सत्ता हातमा लिएलगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख वाकर उज जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।
बंगलादेशमा अन्तरिम सरकार बनाइने

ढाका, साउन २१ : बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।

विद्यार्थीको आन्दोलन हिंस्रक बन्दै गरेपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएकी थिइन्। राजीनामा दिँदै देश छाडेपछि बंगलादेशको सत्ता सेनाले हातमा लिउको छ।

Hardik ivf

सत्ता हातमा लिएलगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख वाकर उज जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।

उनले सबै दललाई बोलाएर अन्तरिम सरकारको तयारी भइरहेको जनाएका छन्।

यस्तै, प्रदर्शनका क्रममा भएका हरेक मृत्युको छानविन गर्ने बताउँदै सेना प्रमुखले प्रदर्शनकारीहरूलाई संयमता अपनाउन र हिंसा तथा तोडफोडका काम नगर्न आह्वान गरेका छन्।

उनले देशमा शान्ति फिर्ता ल्याउने र सेनाप्रतिको विश्वास कायम राख्न अनुरोध गरेका छन्।

‘हामीले सबै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई आमन्त्रित गरेका छौँ र उनीहरूले हाम्रो निमन्त्रणा स्वीकार गरेका छन् र हामीसँग सहकार्य गर्न प्रतिबद्ध छन्,’ उनले भनेका छन्।

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्