Kathmandu Press

सुदूरपश्चिम सरकारमा एमालेले तीन मन्त्री र एक राज्य मन्त्री पाउने

एमाले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जाने भएको हो।
सुदूरपश्चिम सरकारमा एमालेले तीन मन्त्री र एक राज्य मन्त्री पाउने

काठमाडौं, साउन २१ : सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले ३ मन्त्री र १ राज्यमन्त्री सहित सरकारमा सामेल हुने भएको छ ।

एमाले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जाने भएको हो। एमालेलाई एक राज्यमन्त्री पनि दिने तयारी भए पनि मन्त्रीको टुंगो भने लागिसकेको छैन।

Hardik ivf

मन्त्रीको नाम टुंगो लगाउन सोमबार २ बजे संसदीय दलले बैठक बस्दैछ। यस्तै, नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने तयारी भएको जनाइएको छ। उनलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेबारी दिइने भएको छ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त भइसकेका छन्।

प्रकाशित मिति: १३:५५ बजे, सोमबार, साउन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्