Kathmandu Press

सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो मन्त्रीको नाम

कमलबहादुर शाहले नेतृत्वको सरकारमा कांग्रेसबाट मेघराज खड्का, बहादुरसिंह थापा मन्त्री बन्दै छन् भने सरस्वती खड्का र प्रकाशबहादुर बम राज्यमन्त्री बन्ने छन्।
सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो मन्त्रीको नाम

कैलाली, साउन २१ : कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ।

कमलबहादुर शाहले नेतृत्वको सरकारमा कांग्रेसबाट मेघराज खड्का, बहादुरसिंह थापा मन्त्री बन्दै छन् भने सरस्वती खड्का र प्रकाशबहादुर बम राज्यमन्त्री बन्ने छन्।

Hardik ivf

मेघराजले सामाजिक विकासमन्त्रालयको जिम्मेवारी पाउँदा सरस्वतीले सोही मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन्।

यस्तै, बहादुरसिंहले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउँदा प्रकाशले सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

गठबन्धनमा कांग्रेस र एमालेले समान ३ मन्त्रालय पाउन सहमति भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने भएपछि कांग्रेस २ मन्त्री र २ राज्यमन्त्री लिएको हो।

आज ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, साउन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्