Kathmandu Press

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

शाहले मुख्यमन्त्रीका लागि एमालेको समर्थनमा प्रमुख नजिर मियाँ समक्ष आइतबार विहान दाबी पेस गरेका थिए।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

कैलाली, साउन २० : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त गरिएको छ।

शाहले मुख्यमन्त्रीका लागि एमालेको समर्थनमा प्रमुख नजिर मियाँ समक्ष आइतबार विहान दाबी पेस गरेका थिए। शाह दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

गत १७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेश मन्त्रिपरिषदबाट एमाले बाहिरिएपछि दीर्घ सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: १८:१६ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्