Kathmandu Press

सुदूरपश्चिमको मुख्यमन्त्री कमलबहादुर शाह दाबी पेस

शाहले केहीबेरअघि नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।
सुदूरपश्चिमको मुख्यमन्त्री कमलबहादुर शाह दाबी पेस

कैलाली, साउन २०:  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्।

शाहले केहीबेरअघि नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। शाह दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।

Hardik ivf

शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख मियाँले आइतबार साँझ ५ बजेसम्मको समयसीमा तोक्दै नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसद छन्। यी दुई दलमात्रै मिल्दा बुहमत पुग्छ।

 

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्