Kathmandu Press

कर्णालीका कांग्रेसका चार मन्त्रीले आज शपथ लिने

कर्णाली प्रदेश सरकारमा जान लागेको नेपाली कांग्रेसका चार जना मन्त्रीको पद तथा गोपनीयताको शपथ आज हुने भएको हो।
कर्णालीका कांग्रेसका चार मन्त्रीले आज शपथ लिने

सुर्खेत, साउन २० : नेपाली कांग्रेसका चार जना मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ।

कर्णाली प्रदेश सरकारमा जान लागेको नेपाली कांग्रेसका चार जना मन्त्रीको पद तथा गोपनीयताको शपथ आज हुने भएको हो। शपथ आज दुई बजे हुनेछ।

कांग्रेस संसदीय दलले गत शुक्रबार नै आफ्नो दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो। तर, मुख्यमन्त्री कँडेलले शुक्रबार शपथ ग्रहण राेकेका थिए।

शपथ लिनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाही, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र खानेपानी, जलश्रोत, ऊर्जा विकास मन्त्रीमा विजय बुढा रहेका छन्।

 

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्