Kathmandu Press

सहमतिपछि खुल्यो अवरूद्ध तुलसीपुर–घोराही सडक

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले अवरूद्ध गरेको तुलसीपुर–घोराही सडक संचालनमा आएको छ।
सहमतिपछि खुल्यो अवरूद्ध तुलसीपुर–घोराही सडक
फाइल तस्वीर

दाङ, साउन २० : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले अवरूद्ध गरेको तुलसीपुर–घोराही सडक संचालनमा आएको छ।

दाङ घोराहीको अम्राईनजिक सडकमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही–१५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा उनको मृत्यु भएपछि स्थानीय तथा मृतकका आफन्तले सडक अवरूद्ध गरेका थिए।

Hardik ivf

टिपर चालकलाई कडा कार्बाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले तीन घन्टा देखि सडक अवरूद्ध गरेका थिए।

क्षतिपूति बारे आईतबार बिहान मृतकका आफन्त र टिपर व्यवसायी समितिबीचको सहमतिपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो।

शुक्रबार राति बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही अम्राई नजिकै ठक्कर दिएको थियो।
 

प्रकाशित मिति: ११:५० बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्